चितवनबाट खैरो हिरोइनसहित एक जना पक्राउ
प्रकाशित मिति: मंगलबार, बैशाख २१, २०७८ | ९:१६:०१
चितवन, २१ वैशाख ।
जिल्ला प्रहरी कार्यालय चितवनले अवैध लागु औषध सहित एक जनलाई पक्राउ गरेको छ । जिल्लाको खैरहनी नगरपालिका वडा नम्वर १० शान्तीबजारमा लागु औषध खैरो हिरोईनको कारोबार भईरहेको सूचना पाएको प्रहरीले राप्ती नगरपालिका ८ वीरेन्द्रनगर बस्ने ३२ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।
पैदल हिँडिरहेको अवस्थामा साेमबार चेकजाँच गर्न खोज्दा उनी भागेका थिए । पछि नियन्त्रणमा लिएको प्रहरीले उनको साथबाट स–साना प्लाष्टिकको पोका पारेको १५ पोका र साना ठूला २ (दुई) वटा प्लाष्टिकमा रहेको खैरो हिरोईन र नगद रु ३२ हजार बरामद गरेकाे ज नाएकाे छ ।
६ ग्राम २४० मिलिग्राम खैरो हिरोईन एकीन भएको र उनलाई ईलाका प्रहरी कार्यालय खैरहनीमा राखी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, बैशाख २१, २०७८ |
९:१६:०१
507