काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं,२१ वैशाख ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । बेलुका पूर्णरुपमा बन्द गरिनेछ । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पत्रकारहरूको हकमा सूचना विभागको कार्डको अनिवार्य गर्ने पराजुलीले बताए।

यो अवधिमा कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ । अब देखि अनावश्यक रूपमा हिँडडुल गर्नेहरूलाई कारबाही गर्ने समेत तयारी रहेको जिल्ला प्रशासन कार्यालयको तयारी रहेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ ।