बैतडीमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, १० जना घाइते
प्रकाशित मिति: आइतबार, आषाढ २०, २०७८ | ११:५५:०६
धनगढी,२० असार ।
बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सिगास गाउँपालिका–३ बाट डडेल्धुराका लागि छुटेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। अहिले प्रहरी चौकी ठाँटा र खोड्पेबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ ।
प्रकाशित मिति : आइतबार, आषाढ २०, २०७८ |
११:५५:०६
177