नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्मको पदयात्रा शुरु गर्दै

काठमाडौँ, २१ पुस

आजदेखि नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्मको पदयात्रा शुरु गरेको छ ।

पृथ्वी नारायण शाहले नेपाल एकिकरणको समयमा गोरखादेखि काठमाडौंसम्म हिँडेको बाटो हुँदै नेपाली सेनाले पदयात्रा सुरु गरेको हो ।

पुस १७ गते पृथ्वी जयन्तीको दिन काठमाडौं आइपुग्नेगरी सेनाले यात्रा शुरु गरेको हो । आजबाट पुस २७ गतेसम्ममा काठमाडौं आइपुग्ने गरी सेनाले कार्यतालिका बनाएको छ ।

जसअनुसार गोरखाबाट आजबाट हिँडेको सेनाको टोली गोरखा दरवार, जोर चौतारो, ताप्ले अश्राङ हुँदै बोर्लाङ आइपुग्नेछ। आजको रात घाटबेसीमा बसि भोली बिहानबाट पुनः यात्रा शुरु गर्नेछ । पृथ्वी नारायण शाहको पालामा स्थापना भएका गणहरुको अवलोकन गर्दै सेना काठमाडौं आइपुग्नेछ ।

पदयात्रा गरेको सेनाको टोलीले धादिङ सल्यान्टारमा रहेको सेनाको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । भने धादिङको टोलीले नुवाकोटको गणलाई हस्तान्तरण गरेपछि उक्त टोली काठमाडौं हनुमानढोका आउने छ ।