नारायणगढ-मुग्लिन सडक २३ गतेदेखि साढे ४ घण्टा बन्द हुने
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २१, २०७७ | १७:५७:३०
चितवन,२१ फागुन।
नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलोमा २३ गतेदेखि दैनिक साढे चार घण्टा बन्द हुने भएको छ। पहिरो रोकथामका लागि काम गर्न दैनिक सवारी साधन रोक्नु परेको नारायणगढ-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ।
सडक आयोजनाले शुक्रवार सूचना जारी गर्दै नारायणगढ-मुग्लिन सडकको चारकिलोमा हरेक दिन बिहान १०: ३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्ने जनाएको हो । २३ गतेदेखि एकसातासम्म दैनिक साढे चार घण्टा बाटो अबरुद्ध हुने सडक आयोजनाले जनाएको हो।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण २१, २०७७ |
१७:५७:३०
1343