मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ

चितवन पुष २२

जिल्ला प्रहरी कार्यालयले चितवनको बिभिन्न स्थान बाट मोटारसाइकल चोरीमा संलग्न व्यक्ती र चोरी भएको मोटारसाइकल बरामत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाट खटिएका बिषेश प्रहरी टोलिले २० गते भरतपुर महानगरपालिका वडा नम्बर १० अष्टभुजा पेट्रोलपम्प पछाडी बाट प्रदेश नम्बर २-०३-००१ प १८७४ नम्बरप्लेट लगएको २२० सि सि को पल्सर मोटारसाइकल सहित मेलोन सुनारलाई पकाउ गरेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्बेलान गरी जानकारी दिएको थियो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–११ गणेस्थान बस्ने १८ वर्षीय शिव वि.क. भरतपुर–८ गौरीगञ्ज पांडे घुम्ती बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भइ हाल भरतपुर–८ पारसनगर बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् । प्रहरीले थप अनुसन्धानको क्रममा दुई मोटरसाइकल र एउटा स्कुटरसहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।

यसै गरी गएको आर्थिक वर्षमा ७६-७७ मा उजुरी परोको ७५ वटा सवारी साधान मध्ये १० वटा फेला परेको र चोरीमा संलग्न भएका १३ जना व्यक्ती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता डिएस्पी सुर्य बहादुर थापाले जानकारी दिए । यो आर्थिक वर्षमा उजुरी परेको ४८ मध्ये २२ वटा फेला परेको र १८ जनालाई पक्राउ गरिएको छ ।

डिएस्पी थापाका अनुसार चोरी हुने सवारी साधन मध्येमा बजाज कम्पनीको पल्सर मोटारसाईकल बडि रहेको बताए ।