भागवण्डामा पर्सा खानेपानीको समिति चयन
चितवन, २२ फागुन ।
गत वर्ष पानीको गुणस्तरमा पहिलो वनेको पर्सा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति भागवण्डा गरेर चयन गरिएको छ । नेकपा र नेपाली कांग्रेस निकट उपभोक्ताबीच भागवण्डा गरेर आगामी ४ वर्षे कार्यकालका लागि समिति सर्वसम्मतबाट चयन गरिएको हो । दलहरुले भागवण्डा गरे अनुसार नेपाली काग्रेशले अध्यक्ष,कोषाध्यक्ष र दुई सदस्यले लिएको छ भने नेकपाले उपाध्यक्ष,सचिव र तीन सदस्य लिएको छ । सहमती अनुसार अध्यक्षमा काग्रेश निकटका गणेश वर्तौला चयन भएका छन् । काग्रेशबाटै कोषाध्यक्षमा श्याम पाठक र सदस्यहरुमा महेन्द्र थापा र सुनिता चौधरी चयन भएका हुन् । नेकपा निकटबाट उपाध्यक्षमा प्रकाश रुपाखेती र सचिवमा अशोक रैला तथा सदस्यहरुमा केशव भट्टराई,कमला गजुरेल र भवानी खतिवडा सर्वसम्मत चयन भएका छन् । श्रोतका अनुसार नेकपा भित्र पनि केपी शर्मा ओली र प्रचण्ड माधव समुहबीच भागवण्डा भएको छ । उपाध्यक्षमा चयन भएका रुपाखेती र सदस्यमा चयन भएका भट्टराई प्रचण्ड माधव समुहका हुन् भने सचिव रैला तथा सदस्यहरु गजुरेल र खतिवडा ओली समुहका हुन् । दुई पार्टी बीच भएको सहमती अनुसार लेखा समिति संयोजक नेकपालाई दिने र दुई सदस्य काग्रेशले लिनेछन् । संयोजकमा प्रचण्ड माधव समुहबाट चयन गर्ने सहमती भएको वुझिएको छ ।
सो समितिका पदाधिकारी तथा सदस्यहरुले शनिवार सपथग्रहण गरेर पदभार समेत ग्रहण गरेका छन् । पदभार ग्रहण पछि संक्षिप्त प्रक्रिया दिदै नवनिर्वाचित अध्यक्ष गणेश वर्तौलाले पानीको गुणस्तरलाई कायम राख्दै सहज र सरल रुपमा नगरवासीलाई शुद्धपानीको पौंचमा पुर्याउने वताए । पर्सा खानेपानीले अहिले खैरहनी नगरपालिकाको वडा नम्वर ५,६,७,८,९,१२ ,१३ को सवै क्षेत्र र वडा नम्वर २ को केही क्षेत्रमा खानेपानीको सुविधा उपलव्ध गराउँदै आएको छ ।