प्रधानमन्त्री के पि शर्मा ओलिको पुत्ला दहन

चितवन पुष २३

अनेरास्ववियु वीरेन्द्र बुहुमुखी क्याम्पस, सप्तगन्डकी कलेज र नारायणी पोलिटेक्निकका प्रचण्ड–माधव निकट विद्यार्थीले भरतपुरमा आज (बिहीबार २३) गते बिहान प्रधानमन्त्री के पि शर्मा ओलिको पुत्ला दहन गरेका छन ।

प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गरी आगामी वैशाखमा चुनाव घोषणा गरेपछि विरोध र समर्थन गर्नेहरु दुवै निस्केका छन् । विशेषगरी नेकपा भित्रकै प्रचण्ड–माधव पक्षले उक्त कदमविरुद्ध निरन्तर विरोध जनाइरहेको छ ।

उक्त पुत्ला दहन कार्यक्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै सांसद विघटन फिर्ता लिन माग गरेका थिए । सांसद विघटनको निर्णय खारेज नभए विद्यार्थीहरुले देशभर अझ शसक्तरुपमा आन्दोलन गर्ने चेतावनी दिइन् ।