नेविसंघले कार्यसमितिको पूर्णताका लागि दवाव दिने

नेविसंघले कार्यसमितिको पूर्णताका लागि दवाव दिने

काठमाडौं, २३ पुष

नेपाल विद्यार्थी संघ ( नेविसंघ ) ले कार्यसमितिको पूर्णताका लागि दवाव दिने भएको छ । माउ पार्टीले आन्दोलनको घोषणा गरेसँगैं त्यसलाई प्रभावकारी बनाउन पूर्ण कार्यसमिति हुनुपर्ने भन्दै नेविसंघले दवाव दिने जनाएको हो ।

कार्यसमितिलाई पूर्णता दिने विषयमा धयानाकर्षण गराउन नेविसंघले आज सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाउँदैछ । नेविसंघ केन्द्रीय समिति हाल आठ जनाको मात्रै छ । यसअघि बुधबार नेविसंघले कार्यसमितिको पूर्णता र अबको आन्दोलनको विषयमा पूर्व अध्यक्ष र महामन्त्रीसँग छलफल गरेको थियो ।

नेविसंघले पूर्व अध्यक्ष र महामन्त्रीलाई बोलाएर आठ जनाको केन्द्रीय समितिलाई विस्तार गरेर आगामी आन्दोलनमा के कसरी जाने भन्ने विषयमा अग्रजसँग छलफल गरेको महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिनुभयो । संसद विघटनपछि पार्टी आन्दोलनमा गएको र भातृ संघटन पनि आन्दोलनमा सहभागि हुनुपर्ने हुँदा अपूर्ण कार्यसमितिले आन्दोलन हाँक्न समस्या भएको तिमल्सिनाले बताउनुभयो ।

छलफलमा सहभागि पुर्ब महामन्त्री तथा काङ्ग्रेस नेता गगन थापाले प्रतिगामी कदमका विरुद्ध आन्दोलनमार्फत शसक्त प्रतिवाद गर्दै संसद पुनर्स्थापना गराउन लाग्नुपर्ने र त्यसैले मात्र संविधानलाई सहि बाटोमा ल्याउने भन्दै नेबिसंघ लगायत भातृसंस्थाको तत्काल पुर्णता दिइनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा पार्टीका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी,धनराज गुरुङ, थापा, बद्री पाण्डे, गोविन्द भटराइ, गुरु घिमिरे र कल्याण गुरुङ सहभागि भएका थिए । नेविसंघले पार्टीले घोषणा गरेका बाहेक छुट्टै पनि आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।