अमेरिकी संसदमा भएको आक्रमणको विश्वभरका नेताहरुले गरे निन्दा, ‘प्रजातन्त्रमाथिको हमला’

काठमाडौं : अमेरिकी संसदमा भएको आक्रमणको विश्वभरका नेताहरुले निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् । फ्रेन्च राष्ट्रपति इम्यानुएल म्यांक्रोनले अमेरिकी चरित्रसँग अमिल्दो व्यवहार देखिएको प्रतिक्रिया दिएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई प्रजातन्त्रमाथिको हमला भन्दै त्यसबाट क्यानेडियालीहरू विक्षिप्त भएको उल्लेख गरेका छन् ।

An explosion caused by a police munition is seen while Trump supporters gather in front of the Capitol on Wednesday

त्यस्तै आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीकनै गरिएको लोकतन्त्रमाथिको आक्रमण भनेका छन । नेटोका महासचिवले घटना स्तब्ध पार्ने खालको भएको जनाएका छन् ।

A wall of Trump supporters are seen outside the Capitol before crowds breached barriers and stormed inside

यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले प्रजातान्त्रिक प्रक्रियाको सम्मान हुनुपर्ने बताएका छन् । युरोपेली संघका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको जनाएका छन् ।

Babbit was shot in the chest on Wednesday afternoon after chaotic scenes broke out when dozens of Trump supporters breached security perimeters at the Capitol. She died several hours later

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले अमेरिकी लोकतन्त्रमाथि नियोजित आक्रमण गरिएको बताएका छन् । उनले अमेरिकालाई विश्वले हेरिरहेको बताउँदै त्यसले आफूलाई स्तब्ध पारेको भन्दै घटनालाई देशद्रोहको नजिकको गतिविधि भनेका छन् ।

राष्ट्रपति ट्रम्पले चाहिँ समर्थकहरूलाई शान्ति बनाइराख्न आग्रह गरेका छन् । उपराष्ट्रपति माइक पेन्सले हिंसाको कहिल्यै जित नहुने भन्दै प्रदर्शनको निन्दा गरेका छन् ।

Members of congress ran from the floor as police ordered them to evacuate to their offices for their own safety after a mob smashed through police barricades

अमेरिकाका पूर्वराष्ट्रपतिले पनि घटनाको निन्दा गरेका छन् । बाराक ओबामाले घटनालाई देशको लागि ठूलो अनादर भएको र देशको लज्जा भएको दिनको रूपमा सम्झिने बताएका छन् । बिल क्लिन्टनले जर्वजस्ती गलत सूचना फैल्याएर गरिएको आक्रमणको संज्ञा दिएका छन् ।

Paramedics and protesters work together to transport a wounded man on a barrier near the Capitol

यस्तै जर्ज डब्ल्यु बुसले लापरवाह राजनीतिज्ञको व्यवहारबाट मञ्चन भएको घटना भनेका छन् । आक्रमणको घटनापछि ह्वाइटहाउसका केही कर्मचारीले राजीनामा समेत दिएका छन् ।