म्यान्चेष्टर सिटी काराबाओ कपको फाइनलमा, उपाधिका लागि टोटनह्यामसँग भिड्ने

म्यान्चेष्टर सिटी काराबाओ कपको फाइनलमा, उपाधिका लागि टोटनह्यामसँग भिड्ने

म्यानचेष्टर युनाईटेडलाई हराउँदै म्यानचेष्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको डर्बी म्याचमा सिटी दुई शुन्यले विजयी भएको हो ।

सिटीका लागि जोन स्टोन र फर्नाडिन्होले एक–एक गोल गरे । सिटीले उपाधिका लागि अव टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ । टोटनह्याम ब्रेन्टफोडलाई हराउदै यसअघि नै फाइनल पुगिसकेको छ ।

फाइनल खेल अप्रिल २५ मा हुनेछ ।