पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ, २३ पुस

पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । यीमध्ये हालसम्म २ लाख ५६ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । हाल ५०५८ जना सक्रिय संक्रमित रहेका छन् भने १९०३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मत्यु भएको छ । काठमाडौं उपत्यकामा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जना संक्रमित भेटिएका छन् । त्यस्तै कास्कीमा २५, रुपन्देहीमा २५ र धादिङमा १० जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।