देवघाट एफएमले १०औँ बार्षिकोत्सव मनाउने

देवघाट एफएमले १०औँ बार्षिकोत्सव मनाउने

चितवन, २३ पुष ।
सामुदायिक रेडियो देवघाट एफएम १०२.६ मेगाहर्जले आफ्नो १०औँ बार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ । रक्तदान कार्यक्रम देखि बृद्धबृद्धालाई फलफुल वितरण र धार्मिक प्रवचनका कार्यक्रमहरु रहेको एफएमले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
रेडियो देवघाट एफएम १०२.६ मेगाहर्जले विंस २०६७ साल माघ १ गतेदेखि प्रशारण सुरु गरेको हो । रेडियो देवघाटले यहि पुुष २७ गते भरतपुर–१ देवघाट बसपार्कमा रक्तदान कार्यक्रम गर्ने एफएमका प्रबन्ध निर्देशक विजयराज शर्मा भुुषालले जानकारी दिए । त्यस्तै, पुष २८ गते देवघाट क्षेत्रका संघसंस्थाबीच अन्तरक्रिया कार्यक्रम, पुुष २९ गते अन्तर आमा समुुह हाजिरी जवाफ प्रतियोगिता र माघ १ गते बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
बार्षिकोत्सवको दिन माघ १ गते उत्कृष्ट श्रोताहरुलाई रेडियो वितरण गर्ने कार्यक्रम पनि रहेको उनले बताए । त्यस्तै, पुष २८ देखि माघ १ गतेसम्म महेश आश्रम, गलेश्वर आश्रम र हरीहर आश्रमका पिठाधिसहरुबाट धार्मिक प्रवचन दिने कार्यक्रम रहेको उनले बताए । अत्याधुनिक डाइपोल एन्टिना सहित १५० फिट अग्लो टावर र अत्याधुनिक डिजिटल ट्रान्समिटर लगायत प्रविधिबाट प्रशारित रेडियो देवघाट प्रशारण क्षेत्र तनहुँ, चितवन, नवलपरासी, मकवानपुर, धादिङ, लमजुङ र गोर्खा रहेको छ ।