संसद विघटनको विरुद्ध माडिमा विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाए

पुस २३ गते ।
असंवैधानिक “कु” का विरुद्ध चितवनको माडिमा नेकपाका प्रचण्ड नेपाल निकटका विद्यार्थीहरुले प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला जलाएका छन् । संसद पुर्नस्थापानाको माग राख्दै माडिमा अनेरास्ववियुको केन्द्रिय आन्दोलनका कार्यक्रम अन्तर्गत माडि क्याम्पस आगाडी प्रधानमन्त्री ओलिको पुत्ला जलाएका हुन । कार्यक्रममा विद्यार्थी नेता मिलन पनेरुले ससंद पुनर्स्थापन गर्नु पर्ने ,नेकपालाई सुदृढीकरण गर्दै लैजानु पर्ने बताए ।
पुत्ला दहन गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै संसद विघटन फिर्ता लिन माग गरेका थिए । संसद विघटनको निर्णय खारेज नभए विद्यार्थीहरुले देशभर अझ शसक्तरुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन ।