भरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद

उदयपुर, पुस २३

कटारी नगरपालिका-१ एक्लेसल्ला बस्ने हस्तबहादुर मगरको गोठबाट बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक, बन्दुकमा लगाउने छर्रा र बारुद बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त गोठमा भरुवा बन्दुक फेला परेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारीले  जानकारी दिएको छ ।