चितवनमा अवैध लागूऔषध सहित ३ जना पक्राउ

चितवनमा अवैध लागूऔषध सहित ३ जना पक्राउ

चितवन, पुस २३ गते

भरतपुर महानगरपालिका-११ भोजाड चोकबाट ९ सय पिस ट्राभा र ९ सय पिस बोफिन सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१६ बिजयनगर बस्ने १९ वर्षीय अनुज सुनार, २४ वर्षीय रबिन चौधरी र १९ वर्षीया सुबिना परियार चौधरी रहेका छन् ।

प्रहरी बिट शरणपुरबाट खटिएको प्रहरी टोलीले अटो रोकी चेकजाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।