मेयर कप क्रिकेट : काठमाडौं-११ ले दियो बागमतीलाई २४५ रनको लक्ष्य, सन्दीपको आक्रामक ब्याटिङ
काठमाडौं,२३ फागुन ।
काठमाडौं मेयर–११ का कप्तान सन्दीप लामिछानेले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशविरुद्ध आक्रामक ब्याटिङ गरेका छन् । लामिछानेले ६ छक्का प्रहार गरेका छन्। काठमाडौं मेयर-११ ले वाग्मती प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर-११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४४ रन बनायो ।
काठमाडौं मेयर-११ का लागि सौरभ खनालले सर्वाधिक ४९ रन बनाए । ५८ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ४९ रन बनाउन सफल भए ।
त्यस्तै २० बल खेलेका सन्दीपले ६ छक्काको सहयोगमा ४२ रन बनाउन सफल भए । सिद्धान्त लोहनीले ३४ रन बनाउँदा विपिन खत्रीले ३२ रनको योगदान गरे ।
बलिङतर्फ वाग्मतीका लागि नन्दन यादवले सार्वाधिक ४ विकेट लिए । त्यस्ते अरियो पौड्यल र रामनरेश गरीले समान दुई–दुई विकेट लिए । दीपेश श्रेष्ठले एक विकेट लिए ।