बुवाको किरिया बसेका सापकोटाद्वारा बिरामीलाई निःशुल्क अक्सिजन वितरण गर्न सहयोग

चितवन, २४ बैशाख । 
चितवनका एक युवा व्यवसायी तथा नेताले सहयोगको उदारता देखाएका छन् । समस्यामा परेका दुखीहरुलाई सहयोग गर्ने गरेका चितवन रत्ननगरका प्रह्लाद सापकोटाले अरु बेला त सहयोग गर्थे नै तर बुवाको किरिया बस्दा समेत आफ्नो सहयोगी भावनालाई रोक्न सकेनन् ।

उनले कोराभित्रैबाट समेत सहयोग गरेका छन् । कोरोना सङ्क्रमितहरु अक्सिजन नपाएर मृत्युवरण गर्नुपरेको समाचार सुनेका सापकोटाले निःशुल्क अक्सिजन वितरण गर्ने अभियानमा सहयोग गरेका छन् । भीम उपाध्याय लगायतको सहभागीतामा रहेको हाम्रो टिम नेपालको कोभिड बिरामीको लागि निःशुल्क अक्सिजन उपलब्ध गराउने अभियानमा सापकोटाले ५ हजार ५५५ रुपैयाँ सहयोग गरेका हुन् ।