ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको नेता पोखरेलको दावी

काठमाडौँ, २४ पुस

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गर्नुभएको हो । उहाँले सूर्य चिन्ह कस्को हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गर्नुभयो । आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने बताउनुभयो । यदी कानूनी रुपमा अल्झो टुङ्गीन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने बताउनुभयो ।

स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गर्नुभयो । सूर्य चिन्ह नपाएपनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने बताउनुभयो ।