घोडा बढेर विधानसभा भवन पुगिन् यी महिला विधायक
प्रकाशित मिति: सोमबार, फाल्गुण २४, २०७७ | १६:०७:३०
एजेन्सी,२४ फागुन ।
भारतको झारखण्डमा अन्तर्राष्ट्रिय महिला दिवसका दिन एक महिला विधायक घोडा चढेर विधानसभा पुगेकी छन् ।
बडकागांवबाट कांग्रेस विधायक अम्बा प्रसाद अनौठो तरिका अपनाएर विधानसभा सत्रमा उपस्थित हुन पुगेकी हुन् ।
इन्टरनेसनल पोलो ग्रुपले अम्बा प्रसादलाई उन्नत नश्लको घोडा उपहारमा दिएको हो । राँचीस्थित उनको आवासमा दिग्गज पोलो खेलाडी र अर्जुन अवार्डबाट सम्मानित कर्नेल रवि राठौरले उनलाई एक पुस्तक पनि दिए ।
विधायकले प्रसन्नता व्यक्त गर्दै त्यही घोडामा चढेर विधानसभा गइन् ।
घोडसवारी जस्ता खेलमा महिला अघि बढ्नुपर्छ र आफूभित्रको शक्तिलाई पहिचान गर्नुपर्छ भनी आफूले घोडा चढेको उनले बताइन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २४, २०७७ |
१६:०७:३०
4181