चार पुस्तक माथि समिक्षात्मक अन्तरक्रिया

चार पुस्तक माथि समिक्षात्मक अन्तरक्रिया

चितवन, २५ पुष ।
चितवनका चार जना लेखकहरुले निकालेको पुस्तकहरुमाथि आज समिक्षात्मक अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा चार पुस्तकमाथि समिक्षात्मक अन्तरक्रिया गरिएको हो । समिक्षकहरुले पत्रकार विनोद बावु रिजालको उपन्यास एकान्तबास, मणि अर्यालको निबन्ध संग्रह कुटी, गायत्री अधिकारीको कथा संग्रह निर्णय र पत्रकार सूर्य प्रकाश कँडेलको उपन्यास मोसोमाथि टिप्पणी गरे ।

समिक्षक एवम् पत्रकार रमेशकुमार पौडेलले रिजालको उपन्यास एकान्तबास, समिक्षक सिर्जन अविरलले कुटी, समिक्षक शान्ति शर्माले निर्णय र समिक्षक बालकृष्ण थपलियाले मोसो पुस्तकमाथि समिक्षात्मक टिप्पणी गरेका हुन् । चार वटै पुस्तक युरेका पब्लिकेशनबाट प्रकाशित भएका हुन् ।
एकान्तबास माथि समिक्षात्मक टिप्पणी राख्दै समिक्षक पौडेलले पुस्तकमा प्रयोग भएका वाक्यहरु सरल भएको बताए । पुस्तकमा कोरोना कहरको समयमा लेखकको भोगाई, देशको राजनितिक अवस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कोरोनाले पारेको प्रभावको विषय उठान गरिएको उनले बताए ।
निबन्ध संग्रह कुटीमाथि टिप्पणी गर्दै समिक्षक सिर्जन अविरलले निबन्धहरु विद्यार्थीहरुलाई पढाउन मिल्ने खालका रहेको र त्यसलाई पाठ्य सामग्रीमा नै समावेश गर्नुपर्ने बताए । मोसोमा पत्रकारिता क्षेत्र र पत्रकारहरुको प्रवृत्ति बारे भित्रि कुरा उठान गरिएको समिक्षक बालकृष्ण थपलियाले बताए ।