नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने रामनगरमा पुष्पबाटिका

चितवन, २५ पुष ।
नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर–१ रामनगरमा पुष्पबाटिका निर्माण गरिएको छ । यो सडक भएर यात्रा गर्ने यात्रुहरुलाई विश्राम गर्न सहज होस् भनेर पुष्पबाटिका निर्माण गरिएको हो । स्थानियको सक्रियतामा निर्माण गरिएको पुष्पबाटिकाको माघ १ गते उद्घाटन गर्ने कार्यक्रम रहेको रामनगर पुष्पबाटिका निर्माण समितिले आज पत्रकार सम्मेनल गरी जानकारी दिएको हो ।

पुष्पबाटिकाको नेपाल प्रहरीक पूर्व डिआईजी ज्ञानेन्द्र कुमार महतले उद्घाटन गर्ने रामनगर पुष्पबाटिका निर्माण समितिका प्रमुख संरक्षक तारानाथ कुँवरले बताए । पुष्पबाटिका निर्माणमा हालसम्म साढे १६ लाख खर्च भइसकेको र साढे १२ लाख रुपैयाँ मात्रै संकलन भएको उनले बताए । भरतपुर महानगरपालिकाले संरक्षण गरेको १० कठ्ठा र सतनचुली संरक्षित वनको साढे २ विघा क्षेत्रमा पुष्पबाटिका बनाइएको उनको भनाइ छ ।
वनको क्षेत्रमा बृक्षारोपन गर्न बाँकी छ । पुष्पबाटिकामा हाल वाटर फाउण्टेन, दुबो, आकर्षक पुल, बुद्धको मुर्ती लगायतको संरचना बनाइएको छ ।