चितवनमा एक साता लम्बियो निषेधाज्ञा, खाद्यान्न पसल र बैंक दैनिक खुल्ने

चितवन , २६ जेठ ।
चितवनमा थप एकहप्ता निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञा असार ३ गते राति १२ बजेसम्मलाई थप गरिएको छ ।

शुक्रबारबाट लागु हुने निषेधाज्ञामा खाद्यान्न पसल भने दैनिक खुल्न पाउने भएका छन् । यसअघि साताको तिनदिनमात्रै खुल्ने आदेश भएकोमा शुक्रबारदेखी दैनिक ४ घण्टा खुल्न पाउने भएको हो । त्यस्तै बैंक तथा बित्तीय संस्था समेत हरेक दिन सञ्चालन हुन पाउने भएका छन् ।