खैरहनीमा आईपिएम कृषक पाठशालाको अनुगमन

खैरहनीमा आईपिएम कृषक पाठशालाको अनुगमन

पुष २६ गते ।

खैरहनी नगरपालिकामा संचालित एकिकृत शत्रु जिव व्यवस्थापन ( आईपिएम ) पाठशालाको आईतवार अनुगमन गरिएको छ ।

नगरको वडा नम्वर १ मा आलु खेती र वडा नम्वर ३ मा बोडी खेतीमा आईपिएम पद्धतीद्धारा खेती गरिएको छ । विषादीको मात्रा न्युनिकरण गर्दै स्वस्थ वाली उत्पादनका लागि नगरपालिकाले आईपिएम पद्धतीलाई जोड दिएको हो ।
कृषकको प्रत्यक्ष सहभागीतामा जैविक प्रविधिलाई प्रोत्साहन गरि स्वस्थ उत्पादन लिने उदेश्यका साथ आईपिएम पद्धतीलाई जोड दिईएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख दिपेन्द्र अर्यालले जानकारी दिए ।

खैरहनी १ वहेरीमा आईपिएम पाठशाला मार्फत विभिन्न जातका आलु लगाईएको छ । रासायिक,प्रांगारिक र आईपिएम पद्धती मध्ये आईपिएमबाट केही उत्पादन घटेपनि स्वस्थ उत्पादन र खर्च कम भएको किसानहरुले अनुगमनका क्रममा अनुभव सुनाए । आईपिएम पाठशाला मार्फत आफुहरुमा धेरै कुराको सिकाई भएको समेत उनीहरुले वताए । उता खैरहनी ३ को सिद्धीपुरमा बोडी खेती खासै प्रभावकारी भने देखिएन् । माटोको अवस्था, अफ सिजन भएकाले पनि आईपिएम पद्धती मार्फत बोडी उत्पादनमा समस्या देखिएको छ ।

सो अवसरमा कृषक तरिका तथा आईपिएम तरिकाको तुलनात्मक परिक्षण,जातिय परिक्षण,रासायनिक र जैविक विषादीको प्रयोगका बारे किसानहरुसंग अनुभव साटासाट गरिएको थियो । खैरहनी नगरपालिका मेयर लालमणि चौधरीको नेतृत्वमा आर्थिक समिति संयोजक कारीराम चौधरी,खैरहनी १ का वडाध्यक्ष भुमी प्रसाद कडेंल,कृषि शाखा प्रमुख दिपेन्द्र अर्याल,प्राविधिक सहायक धु्रव आचार्यको उपस्थितिमा आईपिएम कृषक पाठशालाको अनुगमन गरिएको थियो ।