आर्शिवादमा डोमिनार २५० सिसि मोटरसाइकल विक्री सुरु

पुष २६ गते ।

चितवनको खैरहनी ८ मगनीचोकमा रहेको आर्शिवाद अटो मोवाईल्सले डोमिनार २५० सिसिको मोटरसाईकल विक्री सुरु गरेको छ ।

सो मोटरसाईकल एक कार्यक्रमका बीच आईतवार सार्वजनिक गरिएको थियो । खैरहनीका ट्राफिक इन्चार्ज रमेश भट्टले डोमिनार मोटरसाईकल सार्वजनिक गरे । सो अवसरमा भट्टले मोटरसाईकल तीव्र गतिका कारण दुर्घटना वढिरहेको भन्दै गति नियन्त्रण गर्दै यात्रा गर्न आग्रह गरे । आर्शिवाद अटो मोवाईल्सका संचालक सुरेश चौधरीले लामो यात्राका लागि डोमिनार २५० मोटरसाईकल आरामदायी रहेको वताए । सो मोटरसाईकलको मुल्य ४ लाख ८९ हजार ९०० रुपैया रहेको छ ।

लामो यात्राका लागि डोमिनार २५० मोटरसाईकल आरामदायी रहेको संचालक चौधरीले जानकारी दिए ।
उनका अनुसार डोमिनार मोटरसाईकलमा डिजिटल मिटर, आधुनिक एवंम् आकर्षक, आरामदायी यात्राको सुुनिश्चितता, सजिलो स्टार्ट र एकनाश प्रकाश, रोड ग्रिप र सडक सुरक्षा लगायत विषेशता रहेका छन् ।