प्रदेश सरकार जोगाउन अन्य दलसँग सहकार्य गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रदेश सरकार जोगाउन अन्य दलसँग सहकार्य गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले प्रदेश सरकार जोगाउन अन्य दलहरुसँग सहकार्य गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिनिधि सभा विघटनलगत्तै आफ्नो समूहका कार्यकर्तालाई पुस अन्तर पार्टी निर्देशन पठाउँदै उनले यस्तो निर्देशन दिएको दस्तावेज सार्वजनिक भएको हो । निर्देशनमा नेकपामा फुटपछि प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्तावले संघीयताप्रति जनताको विश्वास टुट्ने र संघीयता विरोधीलाई उत्साहित पार्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिरका सकारात्मक पात्र र शक्तिसंग आवश्यकताअनुसार सहकार्य गर्न उनले निर्देशन दिएका छन । निर्देशनमा प्रतिनिधि सभा विघटनपछि पार्टी जटिल अवस्थामा पुगेको पनि उल्लेख छ । नयाँ निर्वाचनमा जानु पर्ने र एकीकरणको काम पुरा नहुँदै विभाजनको संघारमा उभिने जटिल अवस्था नेकपामा देखिएको ओलीले उल्लेख गरेका छन । ओलीले आफ्नो नेतृत्वमा रहेको नेकपाको केन्द्रीय सदस्य संख्या पनि १५ सय १ पु¥याएका छन् । भइरहेको कमिटीबाट दाहाल नेपाल पक्षका कसैलाई पनि नहटाउन र हाल रहेको कमिटीमा ५० प्रतिशत थप गर्न उनले निर्देशन दिएका हुन ।

निर्देशनमा पार्टी र सरकारको नेतृत्व कब्जा गर्न अवैधानिक बाटो रोजेपछि प्रतिनिधिसभा विघटनको अवस्था आएको उल्लेख छ ।