शहिद वलरामको अध्यक्षमा ओली समुहका भुषाल निर्वाचित

पुष २७ गते ।

चितवनको राप्ती नगरपालिका ७ मा रहेको शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा छविलाल भुषाल निर्वाचित भएका छन् ।

दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए । नेकपा भित्रै बाट दुई प्यानल भएपनि अध्यक्षमा निर्वाचित भुषाल समुहले नेपाली काग्रेशसंग सहकार्य गरेर चुनावमा होमिएका थिए ।
भुषाल नेकपामा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली समुहका हुन् । नेकपाको अर्को समुह प्रचण्ड नेपाल समुहबाट धर्मराज कडेंल चुनावी मैदानमा थिए । भुषालले ४९१ मत पाउँदा कडेंलले २९ मत मात्र प्राप्त गरे ।

ओली समुहले काग्रेशलाई उपाध्यक्षसहित ५ जना दिएको थियो । त्यसवाहेक लेखा समितिमा काग्रेश निकटका एक जना निर्वाचित भएका छन् । ओली समुह र काग्रेश निकट समुहबीच तालमेल भएकोमा सवै सोही समुहका विजयी भए । प्रचण्ड नेपाल समुुहबाट १३ सदस्यीय कार्यसमितिमा ९ जनाको मात्र उम्मेदवारी परेको थियो । नेकपा ओली र काग्रेश समुहबाट उपाध्यक्षमा वुद्धिकान्त खरेल,सदस्यहरुमा मीनमाया क्षेत्री,सिता पाठक,मंगा तामाङ,सरिता थापा,गीतानाथ अधिकारी,ऋषिराम पाण्डे,गीता पाठक,बाबुराम सापकोटा,गोपाल न्युरे र खगराज कडेंल निर्वाचित भए ।
लेखा समिति संयोजकमा ओमराज खरेल तथा सदस्यहरुमा प्रदिप अधिकारी र वालकृष्ण देवकोटा निर्वाचित भएका छन् ।