नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना

काठमाडौँ, २७ पुस

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गरिएको छ ।

सोमबार पृथ्वी जयन्तीका अवबसरमा भद्रकालीस्थित जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उदघाटन गरेका हुन् ।
केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्त्वपूर्ण जानकारी रहेको पनि सेनाले जनाएको छ ।

कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए । पृथ्वी जयन्तीका अवसरमा सेनाले राष्ट्रव्यापी ’राष्ट्रिय कविता प्रतियोगिता पनि आयोजना गरेको थियो ।
प्रतियोगितावाट छनौट भएका उत्कृष्ट १० कविहरुलाई सोमबार जङ्गी अड्डास्थित सभामण्डप हलमा वाचन गरी प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको छ ।