कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’को टोली बिहीबार चीन पुग्ने

एजेन्सी, २७ पुस ।

कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’को टोली बिहीबार चीन पुग्ने भएको छ । चीनले बिहीबार टोली आफ्नो देश आइपुग्ने जानकारी गराएको हो ।

सुरुवातमा चीनले डब्लूएचओको टोलीलाई आफ्नो भूमिमा कोरोना अध्ययनका लागि बन्देज लगाएको थियो । पछि उसले आफ्ना देशका विज्ञहरु समेत सहभागि हुने गरी डब्लुएचओको टोलीलाई कोरोना भाइरसको उत्पतिका विषयमा अध्ययन गर्न स्वीकृति प्रदान गरेको थियो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ‘डब्लूएचओ’को टोलीलाई सहयोग गर्ने बताइएको छ । चीनमाथि कोरोना भाइरस संक्रमण लुकाएको आरोप लाग्दै आएको छ । कोरोना संक्रमण चीनको वुहाउवाट फैलिएको विश्वास गरिएको छ ।

डब्लुएचओको अध्ययनपछि उत्पतिका विषयमा समेत वास्तविकता बाहिर आउने अनुमान गरिएको छ ।।