शीतभण्डार भवनको वाग्मती प्रदेशका कृषि मन्त्री लामा द्धारा शिलान्यास

शीतभण्डार भवनको वाग्मती प्रदेशका कृषि मन्त्री लामा द्धारा शिलान्यास

मकवानपुर, २७ पुस

वाग्मती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले औद्योगिक क्षेत्रस्थित हेटौँडा दुग्ध वितरण आयोजनाको परिसरमा निर्माण हुने शीतभण्डार भवनको शिलान्यास गर्नुभएको छ ।

प्रदेश दुग्ध विकास बोर्ड र दूध विकास संस्थानको संयुक्त लगानीमा हेटौँडा उपमहानगरपालिका वडा नं ८ मा करीब रु ५७ लाख १२ हजार ४१७ को लगानीमा सो शीतभण्डार निर्माण हुने छ । आगामी विसं २०७८ वैशाखको पहिलोदेखि शीतभण्डारलाई सञ्चालनमा ल्याइने प्रदेश कृषि मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारीदिनुभयो ।

उहाँका अनुसार शीतभण्डारको क्षमता १०० मेट्रिक टन रहेकोे छ । सो समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री लामाले मन्त्रालयले गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको जानकारी दिनुभयो । सो अवसरमा कृषि मन्त्रालयका सचिव मतिना वैद्यले प्रदेशका विभिन्न जिल्लामा धुलो दूधको उत्पादनस्तर गरी अन्तरराष्ट्रिय बजारसम्ममा प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्राथमिकता दिइएको बताउनुभयो ।