ओलीको निर्णयलाई निरंकुशतावादी तथा फासीवादी कदमको संज्ञा : बैद्य

काठमाडौँ, २७ पुस

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई निरंकुशतावादी तथा फासीवादी कदमको संज्ञा दिएको छ ।

विघटनको समिक्षा गर्न बसेको पार्टीको बैठकले प्रधानमन्त्री ओलीको कदमलाई गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षताका विरुद्ध लक्षित भएको निस्कर्ष निकालेको हो । क्रान्तिकारी माओवादीले नेपाली राजनीतिक क्षितिजमा तीन प्रकारका संभावना वा परिदृश्य देखापरेको पनि जनाएको छ । मध्यावधि निर्वाचन वा पुनस्थापना गरिएका दुवै अवस्थामा विद्यमान संकटको समाधान हुन नसक्ने क्रान्तिकारी माओवादीको निस्कर्ष छ । वैदेशिक चलखेल बढ्दै गएमा वा अन्य कुनै कारणले मध्यावधि चुनाव हुन नसकेमा देश पुन निरंकुशताको वाटोमा जाने ठहर समेत नेकपा क्रान्तिकारीको छ ।

सरकारको कदम बिरुद्ध संयुक्त संघर्षको आवश्यकता पनि क्रान्तिकारी माओवादीले औल्याएको छ ।