राप्रपा चितवनले मनायो २९९औँ पृथ्वी जयन्ती

चितवन, २७ पुष ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । राप्रपाले केन्द्रिय बसपार्कदेखि हाकिम चोक–चौविसकोठी–मातपोत चोक हुँदै पुनः बसपार्कसम्म ¥याली निकालेको थियो ।
¥याली सकिएपछि बसपार्कमा राप्रपाले एक समारोहको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्न राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डे आउने कार्यक्रम थियो । मौसम प्रतिकुलताका कारण पाण्डे कार्यक्रममा आउन नसकेको आयोजकले बतायो ।
राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म जयन्तीका दिन सरकारले सार्वजनिक विदा दिनुपर्ने कार्यक्रममा सहभागी नेताहरुले बताए । पृथ्वी नारायण शाहले बाइसे, चौविसे राज्य एकिकरण गरी नेपाल नबनाएको भए अहिले नेपाल र नेपाली भनेर गर्व गर्न सक्ने अवस्था नरहने उनीहरुले बताए ।
कार्यक्रममा राप्रपा चितवनकी नेतृ एवम् बागमती प्रदेश सांसद रिना गुरुङ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।