दुर्घटना न्युनिकरण गर्न ट्राफिकले दियो सवारी चालकलाई प्रशिक्षण
चितवन, २७ पुष ।
सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले राजमार्गमा गुड्ने सवारीका चालकहरुलाई प्रशिक्षण दिएको छ । सडकमा सवारी चालकहरुले जथाभावी गलत र लापरवाहीपूर्वक ओभरटेक गर्दा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले आज बिहान चौबिसकोठीमा चालकहरुलाई प्रशिक्षण दिएका हुन् ।
प्रहरी निरीक्षक भट्टले हाइवेमा चल्ने ठुला ट्रक, ट्रिपर, बस, साना अटो, म्याजिक, बोलेरो तथा मोटरसाइकल गरी १२० जना चालकलाई सडक छेउमा नै भेला गरि सचेतना प्रशिक्षण दिएका हुन् । ओभरटेक गर्ने र गर्न दिने सवारी चालकहरुले अपनाउनु पर्ने सुरक्षित बिधि÷तरिका, इन्डिकेटरको सहि प्रयोग लगायत हाल प्रयोग भइरहेको गलत तरिका सम्बन्धमा प्रहरीको सवारी साधनबाट डेमो समेत देखाई सडक सुरक्षा प्रशिक्षण दिइएको भट्टले बताए ।
साथै उक्त अवसरमा ७५ प्रति ‘म असल चालक’ लेखिएको सुरक्षा स्टिकर दुइ पाङ्ग्रे सवारी साधनमा टाँस गरिएको उनले जानकारी दिए ।