राप्तीमा ट्याक्टर दुर्घटना, एक दर्जनबढी घाइते

चितवन , २९ चैत।
पुर्वीचितवनको राप्तीमा ट्याक्टर दुर्घटना भएको छ । राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आज बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर जादै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा एक दर्जनभन्दा बढी मानिस रहेको स्थानीयले बताए । घाइतेहरुको उद्धार गरेर अस्पतालतर्फ पाठाइएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । घाइतेहरुको यकिन विवरण आउन सकेको छैन ।