ट्याक्टर दुर्घटना अपडेट:थप एकजनाको मृत्यु , मृतकको संख्या ५ पुग्यो

चितवन , २९ चैत।
पुर्वीचितवनको राप्तीमा भएको ट्याक्टर दुर्घटनापरि मृत्यु हुनेको संख्या पाँच पुगेको छ । राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आज बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्कदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा सवार २२ जना घाइते भएका थिए । घाइतेहरुको उद्धार गरेर अस्पतालतर्फ पठाएकोमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै एक दर्जनबढी घाइते भएका छन् । घाइतेहरुमध्य धेरैको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भारतपुर अस्पतालमा उपचार भइरहेको छ ।