ट्याक्टर दुर्घटनामा परि मृत्यु हुनेहरुको पहिचान खुल्यो( नामावली सहित )
चितवन , २९ चैत ।
राप्तीमा भएको ट्याक्टर दुर्घटनामापरि ज्यान गुमाउनेहरुको सनाखत भएको छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा राप्ती नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३५ को खड्क लामा , राप्ती ४ बस्ने बर्ष ४५ को सिताराम श्रेष्ठ , खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ५० कि छनिया महतो , खैरहनी ९ कै बर्ष ४० को मगन महतो , र एकजना नाम थर वतन नखुलेको करिब २५ बर्षको पुरुष रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते भएका २० जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज , भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाईतेहरुको बिबरण
पुरानो मेडिकल कलेजमा उपचार भइरहेका घाईतेहरु:
१.(ट्रयाक्टर चालक )जिल्ला चितवन खैरहनी न.पा. ७ मझुही बस्ने बर्ष २६ को राजन चौधरी ,मध्यम
२. जिल्ला रौतहट मधुनारायण न.पा. १ बस्ने बर्ष २२ को पप्पु महरा टाउकोमा चोट सिरियस
३. जिल्ला चितवन खैरहनी न.पा. ९ बस्ने बर्ष २५ की मन्जु चौधरी खुट्टामा चोट मध्यम ।
४. ऐ.ऐ. बस्ने बर्ष २१ की सरिता चौधरी टाउकोमा चोट मध्यम ।
५. जिल्ला बारा सिम्रनगढ न.पा. ५ बस्ने बर्ष २१ को अबधेस पासबान खुट्टामा चोट अबस्था मध्यम ।
६. ऐ.ऐ. ८ बस्ने बर्ष २३ को शिबजी कुमार राम दुबै खुट्टामा चोट मध्यम ।
७. जिल्ला रौतहट दिबिही बस्ने बर्ष १९ को अरुण राम सिरियस ।
८. जिल्ला रौतहट दिबिही न.पा. बर्ष २७ को बिजय राम सिरियस टाउकोमा चोट
९. जिल्ला बारा बुद्दगाँउ न.पा. ८ बस्ने बर्ष २० को बिराज चौधरी अबस्था मध्यम
१०. जिल्ला मकबानपुर सिलिङे गा.पा. ६ बस्ने बर्ष २५ को दानिर प्रजा अबस्था मध्यम
११. जिल्ला मकबानपुर कान्द्राङ गा.पा. ४ बस्ने बर्ष २० को रङलाल प्रजा अबस्था मध्यम
१२. जिल्ला बारा कचौराहा गा.पा. ८ बस्ने बर्ष २७ को राम आधार राम अबस्था सिरियस
१३. जिल्ला रौतहट दिपहि न.पा.१ बस्ने बर्ष २४ को नागेश्बर चमार अबस्था मध्यम
१४. जिल्ला मकबानपुर राक्सिराङ गा.पा. २ बस्ने बर्ष ४२को अजय सिंजाली मध्यम
१५. जिल्ला रौतहट दिपही न.पा. २ बस्ने बर्ष १४ को नितेस राम अबस्था मध्यम
१६. जिल्ला चितवन राप्ती न.पा. ४ बस्ने बर्ष ४५को सुर्य ब.श्रेष्ट अबस्था ,सिरियस ।
१७. ऐ.ऐ.बस्ने बर्ष ३० को निर ब.श्रेष्ठ अबस्था गम्भीर ।
१८. हाल नाम थर बतन नखुलेको बर्ष अ. २८ को पुरुष ब्यक्ती अबस्था सिरियस ।
नयाँ मेडिकल कलेजमा उपचार भईरहेका घाइतेहरु:
१९. जिल्ला मकबानपुर राक्सीराङ गा.पा. ७ बस्ने अ.बर्ष २४ को रमन चेपाङ अबस्था, सिरियस ।
२०. जिल्ला बारा कोल्बी न.पा. ५ बस्ने बर्ष ३२ को प्रभु कुमार राम, सिरियस