चितवनमा नेपाल एसबिआई बैंकको ६ वटा एटिएम तर पैसा निस्कने एउटामात्रै

Samabesi
  |   
प्रकाशित मिति: कार्तिक २५, २०७८
143 Shares

चितवन , २५ कार्तिक।  नेपाल एसबिआई बैंकको चितवनमा ६ वटा एटिएम मेसिन रहेको छ । मेसिन ६ वटा रहेपनि अधिकाम्स एटिएमबाट पैसा निस्किदैन । विहिबार दिउँसो मात्रै चितवनको ६ वटामध्य ५ वटा मेसिनबाट रकम आएन ।

पूर्वीचितवनको खैरहनीबाट समेत ग्राहकहरु रकम झिक्न नारायणगढ पुग्नु परेको छ । बैंकको टाँडीमा एउटा , हाकिम चोकको दुईवटा,भाटभटेनी सुपरमार्केटको एउटा एटिएम मेसिन चालु त थियो तर रकम निकाल्न नमिल्ने गरी चलेको थियो । त्यस्तै शहिदचोकको दुईवटा मेसिनमध्य एउटामात्रै चालु अवस्थामा थियो । एटिएम बुथभित्र छिरेर रित्तो हात निस्कने ग्राहकलाई एटिएम बुथ अगाडीे ३६५ दिननै सेवा भनेर लेखिएको नारा भ्रमको खेती जस्तै लाग्न थालेको छ । 

samabesi
प्रकाशित मिति: कार्तिक २५, २०७८
143 Shares
Footer ads