कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालत द्धारा खारेज

काठमाडौँ, २८ पुस

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । यो सँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।

अदालतका प्रवक्ता भद्रकाली पोखरेलले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज भएको र निर्देशनात्मक आदेश जारी भएको बताए ।

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याल लगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।