लायन्स क्लब चितवन इस्ट ग्रिनद्धारा अपांग बालबालिकालाई न्यानो कपडा

चितवन, २८ पुष ।
लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्स जन्मजयन्तीका अवसरमा लायन्स क्लब अफ चितवन इस्ट ग्रिनले अपांग बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
क्लबले खैरहनी नगरपालिका वडा नं ९ स्थित राष्ट्रिय आधारभुत विद्यालय बस्यौलीको छात्रावासमा अध्ययनरत बौद्दिक अपांगता भएका बालबालिकाहरुलाई न्यानो कपडा, विस्कुट र मास्क वितरण गरेको हो ।
जाडो याममा बालबालिकाहरुलाई न्यानो कपडाको आवश्यकता परेको देखेपछि छात्रावासमा अध्ययनरत ११ जना बालबालिकाहरुलाई न्यानो कपडा टाउजर सेट वितरण गरिएको क्लबकी अध्यक्ष लक्ष्मी घिमिरेले जानकारी दिइन् ।