ट्याक्टर दुर्घटना अपडेट:थप एकजनाको मृत्यु ,मृतकको संख्या ६ पुग्यो

चितवन , ३० चैत।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ मा गएराती भएको ट्याक्टर दुर्घटना थप एकजनाको मृत्यु भएको छ । दुर्घटना परि गम्भीर घाइते भएका राप्ती नगरपालिका वडा नम्बर ४ निवासी बर्ष ४५ को सुर्य बहादुर श्रेष्ठको मृत्यु भएको छ । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठको मृत्युसंगै दुर्घटना परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटना परि घाइते भएका १९ जना मध्य ७ जनाको अवस्था गम्भीर रहेको छ ।