कार्यसमिति बैठक स्थगित
प्रकाशित मिति: सोमबार, चैत्र ३०, २०७७ | ११:३१:२२
काठमाडौं, ३० चैत ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो । अर्को बैठक तय भएको छैन ।
प्रकाशित मिति : सोमबार, चैत्र ३०, २०७७ |
११:३१:२२
463