कुष्ठरोग निवारण गर्ने बारे अभिमुखिकरण

चैत ३० गते ।

खैरहनी नगरपालिकाले सोमबार कुष्ठरोग सम्पर्क परिक्षण र अग्रिम बचावटी उपचार सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगर भित्र रहेका कुष्ठरोगी र उनिहरुको सम्पर्कमा रहेका ब्यक्तीलाई औसधि खुवाई रोग निवारण गर्ने उदेश्यका साथ स्वास्थ्य संस्था ब्यबस्थापन समिती पदाधिकारी ,स्वास्थ्यकर्मी र विद्यालयका प्रधानाध्यापकबिच कार्यक्रम गरिएको हो । खैरहनी नगरपालिकाभित्र विगत १० वर्षको तथ्यांक हेर्दा करिव दुई सय १० जना कुष्ठरोगी छन् । रोगी र उनिहरुको सम्पर्कमा रहेकाहरूलाई यसै चालू आर्थिक बर्ष भित्र औसधि खुवाउने तयारी रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले बताए । कार्यक्रम जनस्वास्थ्य अधिकृत अधिकारीले खैरहनिमा कुष्ठरोगिको अवस्था र निवारणका लागि संचालन गर्न लागेको औसधि खुवाउने अभियानका बारे सहभागीहरुलाई जानकारी गराएका थिए । नयाँ संक्रमण हुन नदिने,कुष्ठरोगकै कारण हुने भेदभाव शून्य पार्ने गरि अभियान संचालन हुने अधिकारीले बताए । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले कुष्ठरोगको कारण हुने भेदभाव अन्त्य गर्न जनप्रतिनिधि लगायत सरोकारवाला जिम्मेवार बन्नु पर्ने बताइन । कुष्ठरोग सम्पर्क परिक्षण र अग्रिम बचावटी उपचार सम्बन्धमा यसअघि नगरस्तरिय कार्यक्रम गरिएकोमा भोलि मंगलबार यहाँका महिला स्वास्थ्य स्वयमसेविकाहरु संग अभिमुखिकरण कार्यक्रम गर्न लागिएको नगरपालिकाकि नर्सिङ अधिकृत पुजा गिरिले बताइन् । कुष्ठरोग निवारण गर्ने लक्ष्यका साथ सो संख्याका बिरामी, बिरामीका परिवार र सम्वन्धित परिवारका नजिकका छिमेकीहरुलाई औषधी खुवाइने छ । त्यस्तै कुष्ठरोगको शंका लागेमा परीक्षण पनि गरिने छ । कुष्ठरोगलाई कम सर्ने छालाको सरुवा रोग मानिन्छ । एक डोज औषधी खुवाए ९९ प्रतिशत रोग निको हुने र अरुलाई सार्न सक्दैन ।