उद्योग वाणिज्य संघ खैरहनी प्रदेशकै सर्वोत्कृष्ट

चितवन , ३० चैत।
उद्योग बाणिज्य संघ खैरहनी बागमती प्रदेशभित्र सर्वोत्कृष्ट उद्योग वाणिज्य संघ भएको छ ।उद्योग वाणिज्य संघको ५५ औं साधारणसभामा बागमती प्रदेशभित्र रहेको ग श्रेणीका उद्योग वाणिज्य संघहरुमध्य उद्योग वाणिज्य संघ खैरहनी सर्वोत्कृष्ट घोषणा भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपि शर्मा ओलिले उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष चन्द्रप्रसाद सापकोटालाई सम्मान पत्र प्रदान गरेका थिए ।