घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
प्रकाशित मिति: बुधबार, बैशाख २९, २०७८ | ११:५०:५९
काठमाडौं,२९ वैशाख ।
आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला ९२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुनेछ ।
यस्तै आज चाँदीको मूल्यमा भने कुनै घटबढ नभएको माहासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैँयामा कारोबार हुनेछ ।
प्रकाशित मिति : बुधबार, बैशाख २९, २०७८ |
११:५०:५९
1519