इच्छाकामाना १ का सबैघरधुरिलाई राहत
चितवन, २९ जेठ ।
चितवनको ईच्छाकामना गाउँपालिकाका विपन्न चेपाङ समुदायलाई सपना भिलेज सोसल इम्प्याक्टले राहत वितरण गरेको छ । चेपाङ समुदाय बाहुल्यता रहेको गाउँपालिका १ का सबै ७१० घरधुरिलाई करिब एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको सपना भिलेज सोसल इम्प्याक्ट अध्यक्ष धुव्र गिरीले जानकारी दिए ।
६ महिना अनिकालको मार खेप्दै आएको यहाँ चेपाङ समुदाय पछिल्लो समयमा लकडाउनका कारण मजदुरी समेत गर्न नपाएपछि खाद्यान्न अभाव सृजना भएको भन्दै सपना भिलेजले प्रती घर परिवार २० किलो चामल, २ केजी दाल, २ लिटर तेल, २ पोका नुन सहित राहत प्याकेज प्रदान गरिएको गिरिले बताए । ७ सय घरधुरीलाई दुई स्थानबाट राहत बितरण गरिएको थियो ।
सपना भिलेजले विगत १ वर्षदेखि सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ भन्ने नारासहित ३ बर्षे परियोजना माफर्त जीवनस्तर र आयअर्जनमा सुधार गदैै आएको छ । सामाजिक क्षेत्रका क्रियाशिल सो संस्थाले यस अघि लकडाउनकै कारण समस्यामा परेका रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाका गरिब तथा विपन्न समुदायलाई राहत प्रदान गरिरहेको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । पत्रकारहरुलाई समेत यो पटक स्वास्थ्य सामाग्री प्रदान गरेको थियो । यसरी लकडाउनमा गाँउमा नै आएर सहयोग गरेको चेपाङ समुदायले खुसी व्यक्त गर्दै सपना भिलेज आफुहरु सरकार नै भएको धरण व्यक्त गरेका थिए ।