प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाई हुँदै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाई हुँदै

काठमाडौँ, २९ पुस

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधिश रहेको संबैधानिक इजलासमा आज तेश्रो पटक सुनुवाइ हुन लागेको हो ।

गत पुष २२ गते कानुन व्यवसायीहरुले न्यायाधिशमाथि स्वार्थ बाझिने भन्दै इजलासमाथि नै प्रश्न उठाएपछी न्यायाधिश हरिकृष्ण कार्कीले यस मुद्दामा आफु नबस्ने निर्णय गर्नुभएको थियो ।

प्रतिनिधिसभा विघटनबिरुद्धका मुद्दा संवैधानिक इजलासले नै टुंगो लगाउने वा बृहत पुर्ण इजलास गठन गर्ने भन्नेमा अन्यौल छ । मुद्दाको सुनुवाई बृहत पूर्ण इजलासबाट हुनुपर्ने मागसहित रिट निवेदकहरुले याचिका दर्ता गराएका छन् ।