कोरोनाविरुद्धको खोप खरिद गर्न रकम जम्मा गरिदिन दाताहरुलाई सरकारकोआह्वान

कोरोनाविरुद्धको खोप खरिद गर्न रकम जम्मा गरिदिन दाताहरुलाई सरकारकोआह्वान

काठमाडौँ, २९ पुस

कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारले दाताहरु गुहारेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई आह्वान गरेको हो ।

दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन मन्त्रालयले भनेको छ ।

खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै मन्त्रालयले दातृ निकाय र परोपकारी संस्थाहरुलाई गुहारेको हो ।

रकम संकलन गर्न टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गरिएको छ ।

उक्त कोषको आयव्यय नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिनुका साथै सोको लेखा परीक्षण प्रचलित कानुन बमोजिम गरिने मन्त्रालयको सूचनामा उल्लेख छ ।