अतिविपन्न र अपाङ्ग विद्यार्थीलाई न्यानो कपडा

अतिविपन्न र अपाङ्ग विद्यार्थीलाई न्यानो कपडा

पुष २९ गते ।

खैरहनी नगरपालिकाले सामुदायिक विद्यालयका अतिविपन्न र फरक क्षमता भएका विद्यार्थीहरुलाई न्यानो कपडा र झोला वितरण गरेको छ । नगरपालिकाले आफ्नो आन्तरीक श्रोतबाट खर्च हुने गरि १६५ जना विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण गरेको हो ।

खैरहनी नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय रहेका छन् । बुधवार खैरहनी माध्यमिक विद्यालयबाट वितरण कार्यको उद्घाटन गरिएको थियो । नगरपालिका सामाजिक विकास समिति संयोजक मनेजर महतो,नगर प्रवक्ता रामशरण पाण्डे,स्थानीय शिक्षा अधिकारी राजु वानियाँ,स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी,खैरहनी माध्यमिक विद्यालय जन्मोत्सव तथा छात्रवृत्ती अक्षयकोषका अध्यक्ष मुरली प्रसाद गजुरेलको उपस्थितिमा कार्यक्रम भएको थियो ।

बुधवार एकै दिनमा नगरका सवै सामुदायिक विद्यालयमा न्यानो कपडा र झोला वितरण गरिएको स्थानीय शिक्षा अधिकारी राजु वानियाँले जानकारी दिए । नगरले विद्यालयहरुसंग अतिविपन्न र फरक क्षमता भएका विद्यार्थीहरुको विवरण माग गरेको थियो । विद्यालयले पेश गरेको विवरण अनुसार वाल विकास कक्षादेखी १० कक्षा सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा र झोला वितरण गरिएको स्थानीय शिक्षा अधिकारी वानियाँले वताए ।

आधारभूत विद्यालय वस्यौलीमा आवासीय रुपमा अध्ययनरत गर्ने फरक क्षमता भएका ११ जना विद्यार्थीहरुलाई भने न्यानो कपडा र स्टेशनरी प्रदान गरिएको छ ।