लायन्स लियोले पनि दियो न्यानो कपडा

लायन्स लियोले पनि दियो न्यानो कपडा

पुष २९ गते ।

खैरहनी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई लायन्स र लियो क्लवले न्यानो कपडा वितरण गरेको छ ।

लायन्स क्लव अफ चितवन इष्ट र लियो क्लव अफ चितवन इष्टले सो विद्यालयका ७७ जना विद्यार्थीहरुलाई बुधवार न्यानो कपडा प्रदान गरेको हो । विद्यालयमा एक औपचारिक कार्यक्रम गरि उनीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।

लायन्स क्लव अफ चितवन इष्टका अध्यक्ष भीमवहादुर पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । लायन्स क्लव अफ चितवन इष्टका पुर्व अध्यक्ष वुद्धिराज डल्लाकोटीको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको लियो क्लव अफ चितवन इष्टका अध्यक्ष सागर अधिकारीले वताए । यि दुई वटा क्लवहरुले सामाजिक तथा वृक्षारोपणका कार्यक्रम संचालन गर्दै आएका छन् ।

खैरहनी नगरपालिका नगर प्रवक्ता रामशरण पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लव अफ चितवन इष्टका पुर्व अध्यक्ष एवंम् जोन चियर पर्सन किरण वुर्लाकोटी,क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।