उत्प्रेरणाको अध्यक्षमा पुन : अधिकारी

उत्प्रेरणाको अध्यक्षमा पुन : अधिकारी

पुष २९ गते ।

खैरहनीको पर्सा वजार स्थित उत्प्रेरणा वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कृष्ण प्रसाद अधिकारी चयन भएका छन् । सहकारीको आठौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले अधिकारीलाई तेश्रो कार्यकालका लागि पुन अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

निर्विरोध समितिको उपाध्यक्षमा राजु गौतम,सचिवमा नारायण महतो र कोषाध्यक्षमा रामचन्द्र कोईराला चयन भएका छन् । त्यस्तै संचालक सदस्यहरुमा मुरली प्रसाद गजुरेल,अनिल कुँवर,किरण अधिकारी,सुनिता बासी र सपना राना चयन भएका सहकारीका कार्यकारी निर्देशक उत्तम अधिकारीले जानकारी दिए । अधिवेशनले लेखा सुपरिवेक्षण समिति पनि निर्विरोध चयन गरेको छ । जसको संयोजकमा सपना राना तथा सदस्यहरुमा सुमित्रा मैनादेवी कोईराला र सुमित्रा नेपाली रहेका छन् ।

तत्कालिन डिभिजन सहकारी कार्यालय चितवनका पुर्व सहकारी निरीक्षक मिष्टरबाबु घिमिरेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन सत्रमा खैरहनी चेम्वर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ,खैरहनी मावि जन्मोत्सव तथा स्मृती छात्रवृत्ती अक्षयकोषका अध्यक्ष मुरली प्रसाद गजुरेल लगायतले मन्तव्य राखेका थिए ।